बेलबारीमा कोरोना संक्रमित संख्या २७ पुग्यो : १ जनाको मृत्यु


बेलबारी, वैशाख । मोरङको बेलबारीमा कोरोना संक्रमितको संख्या २७ पुगेको छ । बेलबारीका तिन वटा वडामा ५ जना थपिए सँगै संक्रमितको संख्या २७ पुगेको हो । १,३ र४ नम्बर वडामा संक्रमित थपिएका हुन ।

यस्तै १ जनाको मृत्यु भएको छ । बेलबारी २ का ६६ वर्षीय पुरुष आज बिहान ४ बजे हामे आइसोलेसनमा मृत्यु भएको बेलबारी नगरपालिका स्वास्थ्य शाखाका कर्मचारी सन्तोष विश्वकर्माले बताए । उनका अनुसार आज २६ जनाको स्वाब संकलन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्