प्रदेश १ मा आज ६११ कोरोना संक्रमित थपिए


विराटनगर, २१ वैशाख । प्रदेश १ मा आज ६११ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा २६६, झापामा १६६, सुनसरीमा १२७, उदयपुरमा ११, इलाममा ४, ताप्लेजुङ, खोटाङ, संखुवासभा र धनकुटामा २–२ र प्रदेश १ बाहिरका २९ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा ९० महिला र १०३ पुरुष सहित १९३, सुन्दरहरैचामा १५, कटहरी र बेलबारीमा १२–१२, बुढीगंगामा ९, धनपालथानमा ५, पथरीशनिश्चरेमा ४, मिक्लाजुङ , जहदा, रंगेली र सुनबर्षीमा ३–३, उर्लाबारीमा २, रतुवामाई र ग्रामथानमा १–१, झापाको भद्रपुरमा ३६, विर्मामोडमा २४, दमकमा १९, मेचीनगरमा १६, बिर्तामोडमा १४, कनकाईमा १२, गौराहदमा ११, अर्जुनधारामा ८, कमलगाउँपालिकामा ७, हल्दिबारीमा ६, बुद्धशान्ति, गौरादह र शिवसताक्षीमा ३–३, बा¥हदशीमा २, गौरीगञ्ज र स्थानीय तह नखुलेका १–१, सुनसरीको धरानमा ४९, इटहरीमा ३७, इनरुवामा १८, बर्जू, बराहक्षेत्र, रामधुनी र देवानगञ्जमा ४–४, दुहबीमा ३, हरिनगरमा २, भोक्राहानरसिंह र स्थानीयतह नखुलेका १–१, उदयपुरको कटारीमा ६, उदयपुरगढीमा ४ र स्थानीय तह नखुलेका १, इलामको सूर्योदय, माईजोगमाई, माई र इलाम नगरपालिकामा १–१, ताप्लेजुङमा २, खोटाङको खोटेहाङ र साकेलामा १–१, संखुवासभाको खाँदबारीमा २, धनकुटामा २ र प्रदेश १ बाहिरका २९ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३४ हजार ५५२ पुगेको छ । प्रदेश १ मा आज १ हजार ३१६ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये २५५ महिला र ३५६ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्