बेलबारीमा प्रधानमन्त्री स्वरोजगार कार्यक्रम सुरु


बेलबारी / प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तरगत बेलबारी नगरपालिकाले पर्यटक क्षेत्रको विकासमा रोजगारी दिन थालेको छ । सिमसारको नगरपालिकाका रूपमा चिनिएको बेलबारीलाई उक्त कार्यक्रम मार्फत पर्यटक क्षेत्रको विकास गरिने गरी काममा लगाउन थालिएको नगरपालिकाले जनाएको छ ।

नेपालका एक सय पर्यटकीय गनतब्यको सुचीमा परेको धनपाल गढिको सरसफाइ गर्दै बेलबारी नगरपालिकाले प्रधानमन्त्री स्वरोजगार कार्यक्रममाका लागि आवेदन फारम भरेकाहरूलाई छनोट गरी रोजगारी दिन थालेको छ । बेलबारीले १ सय ९९ जनाले यस आर्थिक वर्षमा पर्यटकीय क्षेत्रको विकासमा लगाउने प्रमुख प्रशासकयि अधिकृत प्रदीप कुमार शाहले बताए । सबै वडामा सिमसमार क्षेत्र तथा अन्य पर्यटकीय क्षेत्रहरू रहेका छन् मेयर ज्ञानेन्द्र सुवेदीले भने बेलबारीलाई चिनाउने गरी हामीले पनि काम गरिरहेका छौ । दैनिक काममा आउनेले प्रचार प्रसार समेत गर्ने उनले बताए ।

२१ वटा सिमसार रहेको नगरपालिमा डिपिआर समेत निर्माण भएकोले पछिल्लो सयमा पर्यटक क्षेत्रको विकासमा नगरपालिकाले चासो देखाइरहेको छ । प्रदेश नम्बर एककै नमुना मानिने बेतना सिमसार समेत रहेको बेलबारीमा अन्य साना ठुला गरेर २१ वटा सिमसारको पहिचान गरिसकेको छ । १ नम्बर वडाले अमना, सिसौलि लगायतका क्षेत्रको सरसफाइ सँगै बृक्षा रोपणलाई ध्यान दिने जनाइएको छ ।

बेलबारीको पहिचान लागि १० हजार बेलका बिरुवा रोप्ने योजना सारेको बेलबारीले वृक्षारोपणलाई समेत प्राथमिक्ता दिने प्रमुख प्रशासकिय अधिकृत प्रमुख प्रशासकयि अधिकृत प्रदीप कुमार शाहले बताए । उनले बेरोजगार रहेका युवाहरुललाई रोजगारी सँगै नगरको आमदानि समेत हुने बताए । उत्पादनशील क्षेत्रमा युवाहरूलाई प्रयोग गरिएको उनले बताए । स्वारेजगारमा छानिएर काम गर्ने सबै युवा रहेका छन् ।

बेलबारीमा एक हजार चार सय सात जनाले फर्म भरेका थिए । रोजगारी पाउनेले दैनिक ५सय १७ रुपैयाँका दरले ३० दिनको भत्ता पाउने प्रधामन्त्रि स्वरोजगार कार्यक्रमका संयोजक विनोद दाहालले बताए । एउटा वडामा १८ जना छानिएका छन् ।

प्रतिक्रिया दिनुहोस्