फेवा डान्सिङ आइडलको फाइनल शुक्रवार


केराबारी । फेवा सेकेण्डरी ई.बोर्डिङ स्कुलले सञ्चालनमा ल्याएको फेवा डान्सिङ आइडल सिजन टु २०७५ को फाइनल शुक्रवार हुने भएको छ ।
नृत्य विद्यामा विद्यार्थीहरू उत्पादनसँगै उत्कृष्ट नृत्यकारको छनौट गरी प्रतिभालाई उजागर गर्ने उदेश्यका साथ दुई वर्ष अघिदेखि सुरु भएको दोस्रो संस्करणको फाइनलमा सिनियर र जुनियर तर्फका तीन तीन जना बिच प्रतिस्पर्धा हुने भएको छ ।

गत वर्ष सुरु भएको दोस्रो चरणको आइडलको फाइनल सम्म आइपुग्न प्रतिस्पर्धीलेहरुले विभिन्न चरण पार गर्दै अन्तिम तीनमा पर्न सफल भएका हुन । कार्यक्रमको प्रचारप्रसारका लागि उज्यालो प्रदेश अनलाइनले डटकम अफिसियल मिडियाका रूपमा रहेको छ । फाइनल शुक्रवार दिउसो ११ः३० देखि विद्यालयको प्राङ्गणमा सुरु हुने आयोजक विद्यालयले जनाएको छ । यसका लागि सबै तयारी पुरा भएको पनि जनाएको छ । दर्शकको भोटिङ र निर्णायकको आधारमा छनौट गरिने भएकाले कार्यक्रममा विद्यालयले सबै आफ्ना शुभेच्छुक अभिभावकलाई समेत सहभागी गराउन्न पत्राचार गरेको छ । आइडलको स्पर्धामा रहेका प्रतिस्पर्धीहरूलाई हौसला प्रदान गर्न ५ सय बढी अभिभावक शेयर होल्डर सरोकारवाला व्यक्तिहरूलाई निमन्त्रणा गरिएको विद्यालयले जनाएको छ ।

जुनियर र सिनियर तर्फ उत्कृष्ट हुने सिजन १ का विजेतालाई सिजन १ का पूर्व विजेताले ट्राफिक मेडल विजेताको ताज पहिर्याउने र कार्यक्रमका अतिथिबाट पुरस्कृत गरिने भएको छ ।
फाइनल राउण्डमा विजेता हुने नृत्यकारले आकर्षक गिफ्ट ह्याम्पर सहित प्रमाण मेडल तथा पुरस्कार पाउने आइडलका कोरियाग्राफर हेम सुबेदीले बताए ।

प्रतिक्रिया दिनुहोस्