तेस्रो बेलबारी आइडलको फाइनलमा पुगे १० जना प्रतियोगी


बेलबारी, २४ वैशाख । तेस्रो बेलबारी आइडलको उत्कृष्ट १०फाइनलिस्ट  छनोट भएका छन् । स्रष्टा समाज, बेलबारीको आयोजनामा जारी तेस्रो बेलबारी आइडलकाको फाइनलमा ४३ जना प्रतियोगीबाट १० जना छनोट भएका हुन ।

बेलबारी ३ स्थित सृजना घरमा शुक्रवार भएको सेमिफाइनलमा वडा नं. १ का राजेश राई, वडा नं. २ का झरना कालिकोटे, अस्मिता वि.क, चन्द्रकला तिम्सिना, कविता लिम्बु, वडा नं. ३ का मनिष भुसाल, पदमा उप्रेती, वडा नं. ४ का विशाल मगर, अर्पण सिवा, वडा ५ का कर्ण गिरी छनोट भएका छन् । 

फाइनलिस्टलाई कोरोनाको कारण उत्पन्न भएको असहज परिस्थिति अनुकूल हुनसाथ सङ्गीत प्रशिक्षण क्याम्प सञ्चालन गरी फाइनल कार्यक्रमको आयोजना गर्ने स्रष्टा समाज का सचिव तथा आइडलका कार्यक्रमका संयोजक जे.वि थुलुङले जानकारी दिएका छन् । आइडलको पहिलो छनोट चरणमा २०० प्रतियोगी सहभागी भएका थिए ।

तेस्रो बेलबारी आइडलको विजेताले नगद पुरस्कार रु.३० हजार, ट्रफि, प्रमाणपत्र, एक गीत रेकर्डिङ र ३ महिना निःशुल्क सङ्गीत प्रशिक्षण प्राप्त गर्ने आयोजकले जनाएका छन् । उपविजेताले भने रु.१५ हजार नगर पुरस्कार, ट्रफि, प्रमाणपत्र र ३ महिना निःशुल्क सङ्गीत प्रशिक्षण प्राप्त गर्ने छ । पहिलो बेलबारी आइडल विवेश मोते र दोस्रो नवीन कोइराला भएका थिए ।

बेलबारी नगरपालिकाको सहयोगमा निरन्तर बेलबारी आइडल भइरहेको छ । “बेलबारी आइडल” बेलबारीको एक मात्र रियालिटी सो हो भने, स्थानीय कालाकारको लागि गायन क्षेत्रको प्रथम अवसर केन्द्र बन्दै गएको छ । 

प्रतिक्रिया दिनुहोस्