धिमालको जात्रि पर्वको अवसरमा बेलबारीमा भोलि सार्वजनिक बिदा


उत्तम पोख्रेल –
बेलबारी / मोरङको बेलबारी नगरपालिकाले प्रदेश नम्बर एकको अल्पसङ्ख्यक जातिका रुपकमा रहेको धिमाल जातिको श्रीजात जात्रि पर्वको अवसरमा सोमवार सार्वजनिक बिदा दिने भएका छन् ।


सोमवार धिमाल समुदायको महान् चाडका श्रीजात जात्रि पर्वको अवसरमा सार्वजनिक बिदा दिएका हुन । बेलबारी नगरपालिकाले भने धिमाललाई पहिलो जाति घोषणा गरी सकेको छ ।

बेलबारी र पथरीशनिश्चरे नगरपालिकाले पहिलो जाति घोषणा गरेका छन् । धिमाल जातिको जात्री पर्व प्रत्येक वर्ष वैशाख २ गतेबाट सुरु भएर असार २ गते समापन हुने गरेको छ । दुई महिनासम्म मनाइने यो पर्व प्रत्येक वर्ष मोरङको लेटाङ नगरपालिकाबाट सुरु भएर उर्लाबारी नगरपालिका–३ मा भव्य मेला लागेर समापन हुने गरेको छ ।
धिमाल जातिले पूजा आज गर्ने मन्दिरलाई ग्रामथान तथा महाराजथान भन्ने गरिन्छ । जात्रि पर्वमा ढोल प्रतियोगिता समेत हुने गरेको छ । आफ्नो मौलिक बाजा ढोल सहित उनीहरू नाच्ने गाउने समेत गर्छन् । राष्ट्रिय पर्वका रूपमा श्रीजात जात्रि पर्व मान्ने गरिएको धिमाल जाति विकास केन्द्र बेलबारीका अध्यक्ष कविन्द्र धिमालले बताए ।

प्रकृतिपुजक धिमालहरू रोगब्याधी नलागोस्, वाली बिरुवा लगाउने बेलामा बर्सात होस्, जङ्गली जनावरले दुःख नदियोस् भन्ने मनो आकाङ्क्षा सहित महाराज थानमा गएर पूजा आज गर्ने गरेका छन् । पूजा आज गर्दा रोगब्याध तथा अन्य समस्याहरू समाधान भएको विश्वासका आधारमा परापुर्वकाल देखिनै उनीहरू यो पर्वलाई विशेष महत्त्व दिएर मनाउने गरेका छन् । धिमाल जातिका महिलाले पेटानि, वोना, नोका लगाउने गरेका छन् भने पुरुषले अल्गी, धावा, धरी, लगाउने गरेका छन् ।

धिमाल जातिहरूले विषमाला गछ, काथीमाला, हासुलिपात, हरि, कलि, कुण्डल, नादोइ, नाकमुुन्दि, कानाईला, चन्द्रहार,पाउजु जस्ता गहरगहना लगाउने गरेका छन् । उनीहरूको आफ्नै लिपि भने छैन । बेलबारीले भने उनीहरूले लगाउने पोषाकलाई समेत पर्यटनको क्षेत्रमा विकास गरिने बताएको छ ।

उनीहरूले लगाउने कपडा आमदानिको स्रोत समेत हो बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले भने तिनीहरूको संरक्षक हामीले गरिरहेका छौ । उनले बेलबारीमा धिमाल होमस्टेको सञ्चालन समेत गरिने बताए ।

प्रतिक्रिया दिनुहोस्