बिपी प्रतिष्ठानमा कोरोना सङ्क्रमित पुरुषको पेटको शल्यक्रिया सम्पन्न



धरान, २७ वैशाख । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत एक जना कोरोना सङ्क्रमित पुरुषको पेटको सफल शल्यक्रिया सम्पन्न भएको छ ।  

सिराहाका ४० वर्षीय पुरुषको सोमबार बिहान सानो आन्द्राको आकस्मिक शल्यक्रिया गर्ने काम सम्पन्न गरिएको हो ।


प्रतिष्ठानका जेनेरल सर्जरी विभागका डा. निर्मल प्रसाद शाहको नेतृत्वमा उनको आकस्मिक शल्यक्रिया सम्पन्न गरिएको प्रतिष्ठानले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्