कोरोनाबाट मोरङ र सुनसरीमा थप १२ जनाको मृत्यु



विराटनगर, २८ वैशाख । कोरोना भाइरसको सङ्क्रमणबाट मोरङ र सुनसरीमा थप १२ जनाको ज्यान गएको छ ।

सोमबार रातिदेखि मङ्गलवार बिहानसम्म १२ घण्टाको अवधिमा १२ जनाको मृत्यु भएको हो ।


बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा तीन, कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रमा चार, नोबेल शिक्षण अस्पतालमा तीन, र विराटनगर अस्पताल र विराट मेडिकल कलेजमा १–१ जनाको मृत्यु भएको हो । विराट शिक्षण अस्पतालमा विराटनगर महानगरपालिका–६ की ७० वर्षीया वृद्धा महिलाको मङ्गलवार बिहानका राति १२ः३० बजे मृत्यु भएको हो । उनलाई वैशाख १९ गते भर्ना गरिएको थियो ।


विराटनगर अस्पतालमा धनुषाको विदेह–५ का ५५ वर्षीय पुरुषको मङ्गलवार बिहान ९ बजे मृत्यु भएको हो । उनलाई वैशाख २४ गते अस्पताल भर्ना गरिएको थियो । नोबेलमा मेडिकल कलेजमा विराटनगर–१६ का ५२ वर्षीय पुरुषको छ । उनको बिहान ४ बजे मृत्यु भएको हो । कोरोना सङ्क्रमण यकिन भएपछि वैशाख २० गते उपचारका लागि अस्पताल भर्ना गरिएको नोबेल मेडिकल कलेजका प्रवन्धक नारायण दाहालले बताए ।

पछिल्लो समय प्रदेश नं १ कोरोनाको हटस्पोट बन्दै गएपछि प्रशासनले लागु गरेको निषेधाज्ञामा पनि कडाइ गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्