सुन्दरहरैँचामा र्यापिड रेस्पोन्स टिम परिचालन


सुन्दरहरैँचा, २९ वैशाख । सुन्दरहरैँचा नगरपालिकाले र्यापिड रेस्पोन्सटिम खडा गरेको छ ।  

कोरोना सङ्क्रमणको दर झन् झन् बढ्दै गएपछि नगरपालिकाले र्यापिड रेस्पोन्सटिम खडा गरेको जनाएको छ ।

 सुन्दरहरैँचाका नगरप्रमुख शिवप्रसाद ढकालका अनुसार यो टिमले सङ्क्रमितको घरघरमा पुगेर सङ्क्रमितलाई आवश्यक परेको अवस्थामा औषधी, पल्स मिटर र अक्सिजन उपलब्ध गराउँने गर्छ । नगरपालिकाको यो कदमलाई स्थानीयहरूले सकारात्मक रूपमा लिएका छन् । 

प्रतिक्रिया दिनुहोस्