भीरबाट टेम्पोे खस्दा १ को मृत्यु, ४ घाइते


खोटाङ, २९ वैशाख । खोटाङमा भिरबाट टेम्पो खस्दा एकजानको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

 खोटाङको जन्तेढुंगा गाउँपालिका– ५ घोर्लेस्थित तारे भीरबाट टेम्पो खस्दा अटोमा सवार सोही स्थानका १३ वर्षीय गोकुल परियारको मृत्यु भएको छ भने चार जा घाइते भएका छन् । 

दुर्घटना पछि घाइते भएका परियारलाई उपचारको लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लाने क्रममा बेलुका ५ बजे बाटोमा नै मृत्यु भएको थियो । घाइतेमध्ये एकजनाको अवस्था सामान्य रहेकाले छ भने बाँकीलार्ई  बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानतर्फ पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्