कलामा रमाउँदै सुन्दरहरैँचाका सोमन राजधामी


सुन्दरहरैँचा, २९ वैशाख । कलालाई हेर्ने मानिसका अलग अलग दृष्टिकोण हुनसक्छन् । कसैले कलालाई मात्र कमाइ खाने माध्यमका रूपमा लिएका हुन्छन् भने कतिले यसलाई जीवन जिउने माध्यम नै बनाएका हुन्छन् ।                   

सुन्दरहरैँचाका ६६ वर्षीय सोमन राजधामीको समय कटाउने एउटा भरपर्दाे माध्यम भनेको कलाकारिता नै हो । कला नै उनको समय कटाउने भरपर्दाे माध्यम बन्न पुगेको छ । उनी विगत लामो समयदेखि मूर्तिकलामा रमाउँदै आएका छन् । उनले यस पेसाबाट मनग्गे आम्दानीसमेत लिँदै आएका छन् । सुन्दरहरैँचा– १, सितुमारी स्थायी ठेगाना भएका राजधामी विगत लामो समयदेखि सुन्दरहरैँचा ११ मा बसेर मूर्ति बनाउने काम गर्दै आएका छन् । विशेष गरेर उनी माटाका मूर्ति बनाउँछन् । उनको घरमा अहिले पनि विश्वकर्मा, दुर्गा, काली, गणेश आदि देवी देवताका मूर्तिहरू तयारी अवस्थामा छन् ।                                                  

 २०६१ सालदेखि यसरी नै कलाकारितामा लागेका उनले नियमित रूपमा मूर्ति बनाउँदै आएका छन् । त्यसो त उनले यस पेसाका साथमा खेतीपातीसमेत गर्दै आएका छन् । उनी आफूले व्यावसायिक रुपमाभन्दा पनि कलालाई माया गर्ने क्रममा यो क्षेत्रमा आएको बताउँछन् ।                                                             

  “अरूले बनाएको देखेर आफूलाई पनि बनाउन सक्छु भन्ने लाग्यो, मैले पनि बनाइहेरे । अन्त्यमा सफल भएँ ।“ उनले भने । दुईछोरा दुईछोरीका पिता राजधामीले सबै सन्तानको विवाह भैसकेको छ । उनका कान्छा छोरा छुट्टिएर अलग्गै बस्छन् भने उनी हाल जेठा छोरासँगै बस्दै आएका छन् ।                                                 

एउटा मूर्तिलाई कम्तीमा दुईतीनदिन देखि एकहप्प्तासम्म लाग्ने गरेको उनी बत्ताउँछन् । मूर्ति बनाउन मात्र गाह्रो, बनाए पछि बजारको कुनै समस्या नरहेको उनी बताउँछन् । त्यसो त मूर्ति बनाएर विक्रीका लागि भने बजारमा राख्दैनन् । आफू माग अनुसारका मूर्ति मात्र बनाउने बताउँछन् ।  विश्वकर्मा पूजा र दुर्गा पूजाको समयमा भने घरभरि मूर्ति नै मूर्ति हुन्छन् । अडर अनुसारको मात्र मूर्ति तयार पार्ने हुने कहिलेकहीँ मूर्ति नपाएर मानिस रिसाउनेसमेत गरेको स्थानीय कमला रत्न बताउँछिन् । 

                                                                                           

मूर्ति किन्न टाढाबाट आउने गरेको, विशेष गरेर माग अनुसारको मूर्ति बनाउने गरेको उनी बत्ताउँछिन् ।  उनले बनाएका एउटा मूर्तिको सामान्यतया ३ हजार देखि ९ हजारसम्म पर्ने गर्छ ।                                                       

 यसरी मूर्ति बनाएर जीवन धान्न पाउँदा आफू खुसी लागेका, कलालाई बचाएर राख्न आफूले यो काम गरेका उनी बताउँछन् ।  यतिधेरै कलाप्रति लगाव रहेका उनलाई कहीँ कतैबाट सम्मान तथा पुरस्कार भने पाएका छैनन् । त्यसो त उनी आफूले सम्मानको लागि यो काम नगरेको बताउँछन् ।  कलाको माध्यमबाट आफ्नो ठाउँलाई चिनाउन पाएकोमा आफू रहेको बताउँछन् । उनी भन्छन् – आफ्नो ठाउँलाई चिनाउन पाइएको छ । त्यसैमा खुसी छु ।“        

 कलालाई यतिधेरै माया गर्ने राज धामीजस्ता व्यक्तिबाट समाजले धेरै सिक्न जरुरी छ ।  

प्रतिक्रिया दिनुहोस्