कोरोनाबाट बेलबारीमा एक जना महिलाको मृत्यु


मृतकको सङ्ख्या २ पुग्यो, सङ्क्रमित ११५

बेलबारी, ३० वैशाख । मोरङको बेलबारी ३ की एक ४२ बर्षिया महिलाको मृत्युसँगै बेलबारीमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ । 

बेलबारी नगरपालिका स्वास्थ्य शाखाका कर्मचारी एवम् कोरोना फोकल पर्सन सन्तोष विश्वकर्मा दिएको जानकारी अनुसार ती महिलाको कोसी कोभिड अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको हो ।

मृतक महिलाका परिवारका ७ जना सङ्क्रमित रहेका छन् । यसअघि बेलबारी २ का एक पुरुषको कोरोना सङ्क्रमणका कारण होम आइसोलेसनमा नै मृत्यु भएको थियो । बेलबारीमा कोरोना सङ्क्रमितको सङ्ख्या १ सय १५ जना रहेको छ ।

सङ्क्रमण दर तीव्र भइरहँदा नगरपाकिाले भने अत्यावश्यक कामबाहेक घरबाट बाहिर ननिस्कन अनुरोध गरेको छ । 

प्रतिक्रिया दिनुहोस्