कोरोनाबाट न्यायाधीश श्रेष्ठको निधन


काठमाडौँ, ३० वैशाख । कोरोना सङ्क्रमणका कारण काठमाडौँ जिल्ला अदालतका न्यायाधीश वासुदेबलाल श्रेष्ठको निधन भएको छ ।

टेकु अस्पतालमा उपचाररत श्रेष्ठको बुधबार साँझ ५ बजे निधन भएको हो । 

५२ वर्षीय न्यायाधीश श्रेष्ठलाई गत वैशाख ११ गते कोरोना सङ्क्रमण पुष्टि भएपछि केही दिन होम आइशोलेनमा बसेर अस्पताल भर्ना भएका थिए । ललितपुरको इमाडोल घर भएका श्रेष्ठ दुई हप्तादेखि टेकु अस्पतालमा उपचाररत थिए । 

प्रतिक्रिया दिनुहोस्