बैंंक तथा लघुवित्त संस्थाहरू बन्द गर्ने बेलबारी नगरपालिकाको निर्णय


बेलबारी, ३० वैशाख । बेलबारी नगरपालिकाले नगरभित्रका सम्पूर्ण बैङ्क तथा वित्तीय संस्थाहरू बन्द गर्ने निर्णय गरेको छ । 

कोरोना सङ्क्रमण तीव्र गतिमा बढेसँगै नगरपालिकाले नगरक्षेत्रभित्र  रहेका सम्पूर्ण बैङ्क तथा वित्तीय कारोबार गर्ने संस्थाहरू बन्द गर्ने निर्णय गरेको हो ।  

बेलबारी नगरपालिकाले एक सूचना जारी गर्दै भोलि मिति २०७८ वैशाख ३१ गतेदेखि लागु हुनेगरि अर्को सूचना नआउन्जेलसम्मका लागि सम्पूर्ण बैङ्क तथा वित्तीय संस्थाहरू बन्द गर्न भनेको छ । 

बेलबारी नगरपालिकाको स्वास्थ्य शाखाले दिएको जानकारी अनुसार कोरोना सङ्क्रमणका कारण बेलबारीमा दुई जनाको मृत्यु भैसकेको छ भने १ सय ३० सङ्क्रमित रहेका छन् ।  

प्रतिक्रिया दिनुहोस्