पत्रकार महासङ्घ मोरङद्वारा कोरोना समन्वय कोष स्थापना


विराटनगर, ३० वैशाख । कोभिड–१९ बाट सङ्क्रमित पत्रकारहरूको उपचारमा सहयोग गर्नका लागि नेपाल पत्रकार महासङ्घ मोरङले कोरोना समन्वय कोष स्थापना गरेको छ । 

बिहीबार अध्यक्ष सञ्जीव खनालको अध्यक्षतामा बसेको शाखाको बैठकले कार्यसमिति पदाधिकारी र सल्लाहकारहरूबाट ५१ हजार राशि जम्मा गर्दै कोषको प्रारम्भ गरेको हो ।

प्रदेश सरकारबाट प्राप्त हुने २ लाख रुपैयाँसमेत सोही कोषमा राख्ने निर्णय गरेको छ । इच्छुक दाताहरूले महासङ्घको कृषि विकास बैङ्कमा रहेको खाता नम्बर ०६०१६००३१८९७९०१९ मा रकम जम्मा गर्नसक्ने शाखाका सचिव नेत्र पी अधिकारीले बताएका छन्  ।

यस्तै बैठकले अध्यक्ष सञ्जीव खनालकै नेतृत्वमा ६ सदस्सीय ¥यापिड रेस्पोन्स टिमसमेत गठन गरेको छ । समितिमा महासङ्घका सल्लाहकार शङ्कर खरेल, उपाध्यक्ष मोहन भट्टराई, तारा आचार्य, सचिव नेत्रपी अधिकारी र कोषाध्यक्ष अभयकुमार राई रहेका छन् । 

कोरोनाको महामारीमासमेत निरन्तर समाचार सङ्कलन तथा सम्प्रेषण गर्दै आएका पत्रकारहरूको जीवन रक्षार्थ यो कोषबाट ठूलो सहयोग पुग्ने महासङ्घले विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस्