बेलबारी बहुउद्देश्यीय सहकारीले आजदेखि आफ्नै भवनबाट सेवा दिने


बेलबारी, ३१ वैशाख । बहुउद्देश्यीय सहकारी संस्थाले शुक्रवार बिहान देखि आफ्नै कार्यालय भवनबाट सेवा दिन सुरु गरेको छ ।

विगत लामो समयदेखि भाडाको कोठामा सेवा दिँदै आएको यस संस्थाले बेलबारी ३ स्थित नापी शाखा कार्यालय छेवैमा रहेको जग्गामा भवन बनाए पछि आफ्नै भवनबाट सेवा दिन सुरु गरेको हो ।

 संस्थाको नयाँ भवन करिब २० लाखको लागतमा निर्माण भएको, कोरोना महामारीका कारणले कुनै औपचारिक कार्यक्रमविनै नवनिर्मित भवनको संस्थाका पदाधिकारी तथा कर्मचारीको उपस्थितिमा उद्घाटन गरिएको संस्थाका अध्यक्ष प्रताप थापाले जानकारी दिएका छन् ।

बि.स २०५८ सालमा स्थापना भएको संस्थामा ६ सय बढी सदस्यहरू रहेका छन् भने संस्थाको बेलबारी ५ कसेनीमा कृषि फार्मसमेत सञ्चालनमा रहेको छ । 

प्रतिक्रिया दिनुहोस्