बेलबारीमा प्रदेशकै पहिलो सहकारी सङ्ग्रहालय बन्दै


बेलबारी, १ ज्येष्ठ । बेलबारी नगरपालिकामा प्रदेश नं १ मै पहिलो सहकारी सङ्ग्रहालय  निर्माण भइरहेको छ ।

बेलबारी नगरपालिका वडा नं ७ साङ्ली ईनारमा बेलबारीमा महिलाहरूले सञ्चालन गर्दै आएको परिश्रमी सामाजिक उद्यमी महिला सहकारी संस्थाको अगुवाइमा सङ्ग्रहालय निर्माण भएको सस्थाकी अध्यक्ष गङ्गा श्रेष्ठले बताइन् ।

 ५० लाख लागतमा निर्माण भइरहेको सङ्ग्रहालयको बजेट व्यवस्थापन एवम् समन्वय नेपाल सरकारका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले गरेका छन् । बेलबारी नगरपालिकाकी उपमेयर ढाकाकुमारी पराजुलीले प्रदेश १ मै पहिलो सङ्ग्रहालय निर्माण हुँदै गरेकोले यसले सहकारी सञ्चालनका आधारभूत ज्ञान, उत्पादन, प्रदर्शनी बजारीकरण जस्ता विषयहरूलाई पाठशालाको रूपमा सञ्चालन र  व्यवस्थापन गरिने भएकाले यस सहकारीहरूका लागि सहयोगी बन्ने बताइन् । 

प्रतिक्रिया दिनुहोस्