लेटाङमा १५ बेड क्षमताको कोरोना अस्पताल सञ्चालनमा


बेलबारी, २ जेठ । लेटाङ नगरपालिकाले लेटाङ क्याम्पसमा स्थापना गरेको कोभिड अस्पतालमा बिरामीको उपचार सुरु गरिएको छ ।

 लेटाङकी एक जना ज्येष्ठ नागरिकलाई कोभिड सङ्क्रमण भएर उपचारको जरुरत भएपछि उक्त अस्पतालमा उपचार सुरु गरिएको लेटाङ नगरपालिकाका प्रमुख शङ्कर राईले बताएका छन् ।   

१५ बेड क्षमताको अस्पतालमा २२ वटा अक्सिजन तयारी अवस्थामा राखिएको छ । नियमित रूपमा डाक्टरको निगरानी रहने नगरपालिकाले जनाएको छ । कोभिडका बिमारीको उपचारमा नगरपालिकाले कुनै कसर नराख्ने नगरप्रमुख राई बताउँछन् । 

लेटाङ नगरपालिकाले दिएको जानकारी अनुसार नगरपालिकामा हालसम्ममा ५० जना कोरोना सङ्क्रमित रहेका छन् । 

प्रतिक्रिया दिनुहोस्