६,६४८ कोरोना सङ्क्रमित निको हुँदा ७,३६८ जना नयाँ सङ्क्रमित थपिए


२४ घण्टामा १४५ कोरोना सङ्क्रमितको मृत्यु

काठमाडौँ, २ जेठ । देशभरबाट ६,६४८ जना कोरोना सङ्क्रमणमुक्त हुँदा ७,३६८ जना नयाँ कोरोना सङ्क्रमित थपिएका छन् । 

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट १४५ जनाको ज्यान गएको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट १९ हजार ५३९ र एन्टिजेन विधिबाट ३४४ जनाको परीक्षण गर्दा ७,३६८ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

कोरोना सङ्क्रमण दर अघिल्लो दिनको तुलनामा त्यति धेरै फरक नदेखिए पनि मृत्युदरमा भने ठूलो सङ्ख्यामा कमि आएको छ । 

प्रतिक्रिया दिनुहोस्