लायन्स क्लब बेलबारीद्वारा स्वास्थ्य सामग्री वितरण


 बेलबारी, ३ जेठ । लायन्स क्लब अफ बेलबारीले फ्रन्टलाइनमा काम गर्ने सुरक्षाकर्मी पत्रकार तथा आइसोलेसनमा रहेका कोरोना सङ्क्रमितहरूलाई स्वास्थ्य सामग्री वितरण गरेको छ । 

विश्वमा (कोभिड १९) को नयाँ भेरियन्ट सहितको कोरोना सङ्क्रमणको दोस्रो चरणले महामारीको रूप लिई रहेको बेलामा लायन्स क्लब अफ बेलबारीले फ्रन्टलाइनमा काम गर्ने सुरक्षाकर्मी पत्रकार तथा आइसोलेसनमा रहेका कोरोना सङ्क्रमितहरूलाई स्वास्थ्य सामग्री वितरण गरेको हो । 

फ्रन्टलाइनमा रहेर कोरोना विरुद्धको लडाइँमा होमिएका फ्रन्टलाईनरहरुलाई थोरै भए पनि सहयोग गर्ने हेतुका साथ माक्स र सेनिटाईजर वितरण गरेको लायन्स क्लब अफ बेलबारीका अध्यक्ष खेम गौतमले बताए । 

सो क्रममा ईलाका प्रहरी कार्यालय बेलबारी, प्रहरी चौकी भाउन्ने, शसस्त्र बेस क्याम्प लक्ष्मीमार्ग, ट्राफिक प्रहरी पोष्ट बेलबारी, बेलबारी २ मा रहेको आइसोलेसन केन्द्र र बेलबारीका सक्रिय केही सञ्चारकर्मीहरुलाइसमेर्त उनले माक्स र सेनिटाईजर वितरण गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्