कोरोना नियन्त्रणमा शिक्षक तथा कर्मचारी परिचालन


लेटाङ, जेठ ३ । कोरोना सङ्क्रमणलाई कम गर्न लेटाङ नगरपालिकामा शिक्षक तथा कर्मचारी परिचालित भएका छन् ।

 लेटाङ नगरपालिका दुई नम्बर वडामा कोरोना सङ्क्रमण तीव्र रूपमा फैलिएकोले यसको प्रभाव कम गर्न वडाले शिक्षक तथा कर्मचारीलाई स्वयंसेवकको रूपमा परिचालन गर्ने निर्णय गरेको छ ।

कोरोना आक्रमणलाई भयावह हुनबाट जोगाउन लेटाङ नगरपालिका वडा नम्बर २ को कार्यालयले शिक्षक र सहकारीका कर्मचारीलाई स्वयंसेवकको रूपमा परिचालन गरिएको लेटाङ नगरपालिका २ नं वडाका अध्यक्ष तेजप्रसाद तिम्सिनाले जानकारी दिएका छन् । 

आइतबार वडा कार्यालयमा सरोकारवालाहरूसँगको बैठक बसी वडा क्षेत्रमा रहेका सामुदायिक विद्यालयका शिक्षक र सहकारी संस्थाका कर्मचारीहरूलाई स्वयंसेवकको रूपमा परिचालन गर्ने निर्णय गरेको हो ।यसअघि बुधबारे प्रहरी चौकी र जनप्रतिनिधिहरूको सीमित जनशक्तिबाट २ वटा नाकाहरूमा ड्युटी गरी वडा सिल गरी अति आवश्यक बाहेक हिँडडुल गर्न निषेध गरिएको थियो । 

लेटाङ नगरपालिका स्वास्थ्य शाखाका अनुसार लेटाङ नगरपालिकामा ८५ जना कोरोना सङ्क्रमित रहँदा वडा नं २ मा मात्र हालसम्म ३६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ

प्रतिक्रिया दिनुहोस्