झापामा खैरोहिरोईन ब्राउनसुगरसहित तीन जना पक्राउ


झापा, ३ जेठ । झापाको झापा गाउँपालिका–२ स्थितबाट लागुऔषध खैरोहिरोईन ब्राउनसुगरसहित तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा झापा गाउँपालिका–२ का २२ वर्षीय रोशन भुजेल, २१ वर्षीय साजन लिम्बु र ताप्लेजुङ सिरिजंङ्गा–१ का १९ वर्षीय प्रताप लिम्बु रहेका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

शाखा लागेर पैदल हिँडिरहेका तीनै जनालाई हिजो राती साढे ८ बजे इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई चेकजाँच गर्दा उनीहरूको साथबाट ५३० मिलिग्राम खैरोहिरोईन ब्राउनसुगर, ब्राउनसुगर नाप्ने डिजिटल तराजु २ थान र नगद ५९ हजार समेत फेला पारी बरामद भएको हो ।

यसरी पक्राउ परेका तीनै जना उपर जिल्ला प्रहरी कार्यालय झापाबाट थप अनुसन्धान तथा कानुनी कारबाही अगाडि बढाइएको प्रहरी जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्