कर्णालीका दुई नव नियुक्त मन्त्रीले लिए शपथ


सुर्खेत, ३ जेठ । कर्णाली प्रदेशमा नव नियुक्त दुई मन्त्रीले आज शपथ ग्रहण गरेका छन् । 

उनीहरूलाई प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले शपथ ग्रहण गराएको हुन् । नवनियुक्त मन्त्रीहरूमा आन्तरिक मामिला, कानून, युवा तथा खेलकुद मन्त्रीमा सीताकुमारी नेपाली र आर्थिक मामिला तथा योजना मन्त्री गोपाल शर्मा छन् । केही दिन अघि मात्र मुख्यमन्त्री शाहीले सुर्खेतका सांसद विन्दमान विष्टसहित ३ जनालाई मन्त्रीमा नियुक्त गरेका थिए ।

तर नेपाली काँग्रेसले दुई मन्त्रालय मागेपछि विष्ट पार्टीको निर्देशन अनुसार पछि हटेको बताइएको छ । गत बुधवार नै नियुक्त भएका उनीहरूलाई केही समय जिम्मेवारीविहीन बनाइएको थियो ।

मुख्यमन्त्रीले आइतबार पुनः मन्त्रीमा नियुक्त गरेपछि शर्मा र नेपालीलाई सोमबार शपथ खुवाइएको हो । 

प्रतिक्रिया दिनुहोस्