९,२४७ सङ्क्रमित थपिँदा ५,७३७ जना निको भए, थप २१४ जनाको मृत्यु,


काठमाडौँ, ३ जेठ । कोरोना भाइरस सङ्क्रमणका कारण ९,२४७ जना थपिँदा ५,७३७ जना निको भएर घर फिरेका छन् । 

पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट थप २१४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ५ हजार २१५ पुगेको छ ।

पछिल्लो ३ दिन लगातार मृतक सङ्ख्या घटे पनि सोमबार पुनः यो सङ्ख्या बढेको हो ।पछिल्लो २४ घण्टामा २१ हजार ६५३ पीसीआर परीक्षणमा ९ हजार १९८ जना र ४३४ एन्टिजेन परीक्षणमा ४९ जना गरी ९ हजार २४७ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

कोरोना भाइरसबाट मृत्यु हुनेको सङ्ख्या दिनप्रतिदिन बढ्दै गइरहेको पछि सरकारले घरबाट बाहिर हिँडडुल गर्ने माथि थप कडाइ गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्