मुख्यमन्त्री भट्टलाई कोरोना सङ्क्रमण


काठमाडौँ, ३ जेठ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट कोभिड–१९ बाट सङ्क्रमित भएका छन् ।  

सेती प्रादेशिक अस्पतालका प्रयोगशालामा गएको वैशाख २७ मा पीसीआर परीक्षण गर्दा मुख्यमन्त्री भट्टमा कोरोना सङ्क्रमण पुष्टि भएको उनको निजी सचिवालयले जनाएको छ ।

कोरोना पुस्टी भए पछि अहिले मुख्यमन्त्री भट्ट चिकित्सकको निगरानीमा होम आइसोलेसन बसिरहेका छन् । 

प्रतिक्रिया दिनुहोस्