विश्व बरीयतामा नेपालको पाँच स्थान माथि सुधार


२ असोज, काठमाडौँ । नेपालले पाँच स्थान सुधार गर्दै विश्व बरीयतामा १६१औं स्थानमा पुगेको छ ।

बिहीबार विश्व फुटबल महासङ्घ (फिफा)ले विश्व बरीयतामा नेपालले पाँच स्थान सुधार गरेर १६६औं स्थानबाट १६१औं स्थानमा पुगेको सार्वजनिक गरेका हो ।


भदौ १९ गते नेपालले कुवेतसँग विश्वकपको दोस्रो चरणको छनोटमा प्रतिस्पर्धामा ७ – ० गोलको हार बेहोरेको थियो भने २४ गते भएको छनोट अन्तर्गत खेलमा चाइनिज ताइपेलाई नेपालले २ – ० गोलले पराजित गरेको थियो ।

भारत १०४ औँ स्थानमा र मालदिभ्स १५३ औँ स्थानमा दुवै एक स्थान तल झरेको छ । मालदिभ्स पनि भुटानले भने एक स्थान सुधार गर्दै १८५औं स्थानमा पुगेको छ । बङ्गलादेश ५ स्थान तल झर्दै १८७औं स्थानमा छ भने श्रीलङ्का २०२ र पाकिस्तान २०३ औँ स्थानमा छ ।
शीर्ष स्थानमा भने बेल्जियमले कायम नै छ । विश्वविजेता फ्रान्स एक स्थान उक्लिँदै दोस्रो स्थानमा ब्राजिल तेस्रो स्थानमा, चौथोमा इंग्ल्यान्ड र पाँचौँ स्थानमा पोर्चुगल रहेको छ ।

प्रतिक्रिया दिनुहोस्