बेलबारी नगरपालिकालाई स्वास्थ्य सामाग्री सहयोग (भिडियो सहित)


बेलबारी, १३ जेठ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री ढकालले बेलबारी नगरपालिकालाई स्वास्थ्य सामाग्री प्रदान गरेको छ । बेलबारी नगरपालिकाकी उपप्रमुख ढाका कुमारी पराजुलीले मन्त्री ढकालद्वारा स्वास्थ्य सामाग्री सहयोग भएको जानकारी गराएकी हुन ।

उपप्रमुख पराजुलीका अनुसार पिपिई सेट, थर्मल मेसिन, सर्किजल र एन नान्टीफाइब मास्क, पन्जा लगायतका सामाग्री सहयोग भएको छ । यो पहिलो चरण सहयोग भएसँगै दोस्रो चरणको सहयोग अक्सिजनसहितको सिलिन्डर र अन्य स्वास्थ्य सामाग्री उपलब्ध गराउने मन्त्रीले बताएको उपप्रमुख पराजुलीले जनाइन ।

पराजुलीले दोस्रो सहयोग पनि चाडै हुने आशा व्यक्त गर्दै मन्त्री ढकाललाई धन्यवाद प्रकट गरेकी छिन । 

प्रतिक्रिया दिनुहोस्