मोरङका स्थानीय तहले आर्थिक वर्ष २०७८–०७९ मा कति कति बजेट पाए ?


बेलबारी, १७ जेठ । आर्थिक वर्ष २०७८–०७९ मा मोरङले समानिकरण अनुदान, समपुरक अनुदान, विशेष अनुदान, सशर्त अनुदान गरेर ७ अर्व ९१ करोड ५६ लाख पाएको छ । 

मोरङका १६ वटा स्थानीय तहमध्ये एकमात्र विराटनगर उपमहानगरपालिकाले आर्थिक वर्ष २०७८-०७९ मा १ अर्व १९ करोड ५३ लाख पाउने भएको छ । मोरङमा १ उपमहानगरपालिका,  ८ नगरपालिका र ८ गाउँपालिका रहेका छन् । 

सुन्दरहरैँचा नगरपालिकाले आर्थिक वर्ष २०७८–०७९मा मोरङका ८ नगरपालिकामध्ये सबैभन्दा बढी बजेट पाउने भएको छ । उसले ६३ करोड पाँच हजार रकम पाउने भएको छ । त्यस्तै दोस्रोमा उर्लाबारी नगरपालिका परेको छ ।

उर्लाबारीले ५५ करोड ६३ लाख बजेत पाउने भएको छ । त्यसैगरी बेलबारीले ५३ करोड ४८ लाख, पथरीशनिश्चरेले ४८ करोड ८५ लाख, रतुवामाईले ४८ करोड ८७ लाख, रंगेलीले ४५ करोड ८२ लाख, सुनवर्षीले ३९ करोड ३१ लाख, र लेटाङ नगरपालिकाले ३६ करोड ५७ लाख पाउने भएको छ । 

त्यस्तै ८ वटा गाउँपालिकामध्ये बुढीगंगाले ३९ करोड २ लाख पाएको छ भने कटारी गाउँपालिकाले सबैभन्दा थोरै ३१ करोड १९ लाख पाउने भएको छ । 

कानेपोखरीले ३७ लाख ८२ हजार, केराबारीले ३२ करोड १२ लाख, ग्रामथानले ३४ करोड ५१ लाख, जहदाले ३५ करोड २८ लाख, धनपालथानले ३४ करोड १४ लाख र मिक्लाजुङले ३६ करोड ५७ लाख रकम पाउने भएको छ ।

प्रतिक्रिया दिनुहोस्