राष्ट्र बैङ्कले दसैँका लागि नयाँ नोट साट्न सुरु गर्ने


काठमाडौँ, २ असोज । राष्ट्र बैङ्कले दसैँका लागि असोज १० गतेदेखि नयाँ नोट साट्न सुरु गर्ने भएको छ ।

राष्ट्र बैङ्कको असोज २ गते जारी भएको सूचना अनुसार उपत्यकाबाहिर विराटनगर, जनकपुर, वीरगन्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्ज र धनगढीका राष्ट्र बैङ्क कार्यालयबाट नयाँ नोट साट्न पाउने जानकारी गराएको छ भने राष्ट्र बैङ्कको मुद्रा व्यवस्थापन विभाग बालुवाटारबाट पनि नयाँ नोट सटही हुनेछ ।

५, १०, २०, ५० र १ सयका नयाँ नोट प्रतिव्यक्ति १८ हजार ५ सयका दरले साट्न पाउने छ । राष्ट्र बैङ्कको बालुवाटार कार्यालयसहित उपत्यकाका २५ ठाउँबाट नयाँ नोट सटही हुनेछ ।
राष्ट्र बैङ्कले जारी गरेको नयाँ तथा सुकिला नोट सटही सम्बन्धी सूचनामा, नोटमा केरमेट तथा रङ लगाउने कार्य नगर्ने सबैलाई आग्रह गर्दै पुराना नोटको साटो सुकिला नोट सटही पनि गर्न सकिनेछ जानकारी गराएको छ ।

राष्ट्र बैङ्क सूचना :

प्रतिक्रिया दिनुहोस्