सुन्दरहरैँचा नगरपालिकाद्वारा व्यावसायिक प्रवर्धनका लागि किसानलाई अनुदान प्रदान


 सुन्दरहरैँचा, १९ जेठ । सुन्दरहरैँचा नगरपालिकाले किसानलाई व्यवसाय प्रवर्द्धनका लागि अनुदान दिएको छ । कृषिजन्य वस्तुको उत्पादन वृद्धि गर्ने उद्देश्यकासाथ नगरले किसानलाई अनुदान दिएको नगरपालिकाकाले जनाएको छ । 

गोठ सुधार, मासु, तरकारी उत्पादन, लिची, फ्याट लगायतका काम गर्न भनेर नगरपालिकाले २६ जना किसानलाई ५० प्रतिशत रकम अनुदान दिएको छ । अनुदान हस्तान्तरणका लागि आयोजित कार्यक्रममा नगरपालिकाका उपप्रमुख धनमाया तामाङ, प्रमुख प्रशासकीय अधिकृत डां कृष्णबहादुर घिमिरेले संयुक्त रूपमा अनुदान बापतको रकम हस्तान्तरण गरेका थिए ।

 बिचौलिया प्रवृत्तिको अन्त्य गर्न किसानलाई नै आवश्यक सामान किन्न लगाएर नगरपालिकाले अनुगमन गरी ५० प्रतिशत अनुदान दिएको पशुपक्षी शाखाका प्रमुख जीवन चापागाईँले बताए । चापागाईँका अनुसार किसानलाई न्यूनतम २० हजारदेखि १ लाख ५० हजार रुपैयाँसम्म अनुदान दिइएको छ । 

किसानहरू अनुदान रकम प्राप्त गर्दा निकै हर्षित देखिन्थे भने नगरले यसरी रकम अनुदानवापद सोझै किसानलाई रकम वितरण गर्दा झोले किसान पलायन भई वास्तविक र सही किसानले सुविधा पाउने किसानहरू बताउँछन् ।   यस्ता कार्यक्रमहरूले किसानलाई फाइदा पुग्ने अगुवा किसानहरू बताउँछन

प्रतिक्रिया दिनुहोस्