उपकरण बिग्रिदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ठुला जहाज अवतरणमा समस्या


काठमाडौँ, २ असोज । दुरी मापन गर्ने उपकरण बिग्रिदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ठुला जहाजको अवतरणमा समस्या उत्पन्न भएको छ ।

दुरी मापन गर्ने उपकरण (डीएमई) तथा भीएचएफ ओम्नीडाइरेक्सनल रेडियो रेन्ज (भीओआर) मा समस्या देखिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ठुला जहाजको अवतरण प्रभावित भएको र उत्पन्न समस्या बारे बुझ्ने काम भइरहेको विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीले बताएका छन् । उनका अनुसार भीओआर र डीएमई उपकरण १०ः४८ मा बिग्रिएको थियो । १२ः२० मा यसको मर्मत सकिएको छ । आन्तरिक उडानमा भने कुनै समस्या नभएको उनले बताए ।

७ वटा अन्तर्राष्ट्रिय जहाजहरू अवतरणको पर्खाइमा आकाशमा होल्ड भइरहेका छन् । विमानस्थल र जहाजबिचको दुरी र जहाज रहेको दिशा पत्ता लगाउँदै भीओआर र डीएमईको रेडियो स्टेसनले फालेको सिग्नललाई पिछा गर्दै जहाजहरू विमानस्थलमा अवतरण गर्छन् ।

प्रतिक्रिया दिनुहोस्