कटुवा बन्दुकसहित केराबारीबाट दुईजना पक्राऊ


बेलबारी, २६ जेठ । बेलबारी प्रहरीले मोरङको केराबारीबाट लुकाई राखेको कटुवा बन्दुकसहित दुई जनालाई पक्राउ गरेको छ ।                  पक्राउ पर्नेमा बेलबारी नगरपालिका–२ का वर्ष ४१ का पदमकुमार लिम्बू र केराबारी ९ कुसुमेका वर्ष ५१ का गणेशबहादुर लिम्बू रहेका छन् ।

 विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) सरोज खनाल नेतृत्वमा गएको टोलीले दुई जनालाई नियन्त्रणमा लिएको हो ।प्रहरीले पक्राउ परेका पदमकुमार लिम्बूले चलाएको को १ च ८३६८ नम्बरको कारभित्र एउटा कटुवा पेस्तोल र पाँच राउन्ड गोली फेला परेको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।                                         

इलाका प्रहरी कार्यालय बेलबारीलेका प्रहरी निरिक्षक सरोज खनालका अनुसार अभियुक्त पदमबहादुरले केराबारी गाउँपालिका–९ कुसुमेमा रहेका आफन्त गणेशबहादुर लिम्बूको घरमा लुकाइराखेको अवस्थामा एक थान कटुवा बन्दुक र ५ थान ३०३ राइफलको गोली, २ थान चाँचर र एक थान पेस्तोलको बुलेट बरामद गरिएको छ । पक्राउ परेकाविरुद्ध हातहतियार खरखजना ऐनअन्तर्गत मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्