नेपाली काँग्रेसका नगर सभापति भट्टराईलाई पितृशोक


बेलबारी, २६ जेठ । नेपाली काँग्रेस बेलबारी नगर सभापति शम्भु भट्टराईलाई पितृशोक परेको छ । बेलबारी नगरपालिका वाड नं ४ सखुवाटोली निवासी भट्टराईका पिता ९० वर्षीय गणेश प्रसाद भट्टराईको उपचारका क्रममा बुधवार बिहान ५ बजेर ४५ मिनेटमा विराटनगरमा देहवसान भएको हो । 

उनको विराटनगरस्थित परोपकार घाटमा नै अन्तिम संस्कार गरिएको पारिवारिक श्रोतले जनाएको छ । पाँच छोरा तीन छोरी गरी आठ जना सन्तानका पिता भट्टराई सामाजिक व्यक्तित्वका रूपमा परिचित थिए ।  

प्रतिक्रिया दिनुहोस्