स्वास्थ्यमन्त्री तामाङले गरे सम्पत्ति विवरण सार्वजनिक


काठमाडौँ, २७ जेठ । सङ्घीय सरकारका स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले आफूसँग भएको सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । उनले मन्त्री बनेको केही दिनमै आफू र आफ्नो परिवारसँग रहेको सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् । 

मन्त्री तामाङले सार्वजनिक गरेको सम्पत्ति विवरण अनुसार उनको काठमाडौँसहित देशका विभिन्न १४ ठाउँमा जग्गा देखिएको छ । पैतृक सम्पत्ति र आफूले जोडेको सम्पत्तिसहित गरेर उनको र उनकी पत्नीको नाममा २० रोपनीभन्दा धेरै जग्गा देखिएको छ ।

उनकी पत्नी उषाकला राईको नाममा मोरङ र खोटाङमा र तामाङको नाममा भने काठमाडौँ र सिन्धुपाल्चोकमा जग्गा रहेको देखिन्छ । उनकी पत्नी उषाकला राई हाल प्रदेश १ का सामाजिक विकास मन्त्री रहेकी छिन् । 

उनले सार्वजनिक गरेको सम्पत्ति विवरण अनुसार उनले आफूसँग २२ तोला सुन रहेको बताएका छन् । उनले सम्पत्ति विवरण यसअघि नै सार्वजनिक गरेको बताए पनि सम्पूर्ण विवरण भने प्राप्त हुन सकेको थिएन । उनले सार्वजनिक गरेको सम्पत्ति विवरण तल उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्