वागमती प्रदेशको नीति तथा कार्यक्रम आज प्रस्तुत गरिँदै


हेटौंडा, २७ जेठ । वागमती प्रदेश सरकारले आउँदो आर्थिक वर्ष २०७८–७९ को नीति तथा कार्यक्रम आज सार्वजनिक गर्दै छ ।


दिउँसो ३ बजे बोलाइएको प्रदेश सभा बैठकमा आर्थिक वर्ष २०७८–७९ को नीति तथा कार्यक्रम प्रस्तुत हुन लागेको हो ।


प्रदेश सभा बैठकमा प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्ने छन् । प्रदेश सरकारले असार १ गते बजेट ल्याउनै पर्ने प्रावधान रहेको छ ।


आज प्रस्तुत हुने नीति तथा कार्यक्रममा पुराना महत्वपूर्ण कार्यक्रम र योजनालाई निरन्तरता दिँदै कोरोना महामारी नियन्त्रणलाई प्राथमिकतामा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्