प्रधानमन्त्री ओली आज पुन : मन्त्रिमण्डल विस्तार गर्दै


काठमाडौँ, २७ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिमण्डल विस्तार गर्ने लागेका छन् ।  आज प्रधानमन्त्री ओलीले सात मन्त्री र एक राज्यमन्त्री थपेर मन्त्रिपरिषद् विस्तार गर्न लागेको हुन् । 

प्रधानमन्त्री ओलीले गृहमन्त्रीमा खगराज अधिकारी र सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा नैनकलालाई थापालाई नियुक्त गर्न लागेका हुन् । नैनकला निवर्तमान गृहमन्त्री रामबहादुर थापा ‘बादल’ की श्रीमती हुन् । 

त्यस्तै नारदमुनि रानालाई वन तथा वातावरण मन्त्रालय,  ज्वालाकुमारी शाहलाई कृषि मन्त्रालय, राज किशोर यादवलाई उद्योग मन्त्रालय र  गणेश पहाडीलाई सामान्य प्रशासन मन्त्रालयको जिम्मा दिन लागेका हुन् । त्यस्तै मोहन बानियाँलाई प्रधानमन्त्री कार्यालय र आशा विकलाई वन राज्यमन्त्रीको जिम्मेवारी पाएका छन् ।

नव नियुक्त मन्त्रीहरूलाई आजै पद तथा गोपनीयताको शपथ खुवाउने कार्यक्रम रहेको छ । 

सञ्चार तथा सूचना प्रविधि मन्त्री नैनकला थापाको विषयलाई लिएर अनेकन टिकाटिप्पणि हुन थालेका छन् । ओलीले निवर्तमान गृहमन्त्री रामबहादुर थापाले लाएको गुनलाई श्रीमतीलाई मन्त्री बनाएर तिरेको भन्ने टिप्पणी भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्