म्यान्मारकी नेत्री सुचीमाथि हालसम्मकै गम्भिर आरोप : १५ वर्ष जेल हुनसक्ने


काठमाडौं, २७ जेठ । म्यान्मारकी लोकतान्त्रिक नेतृ आङ साङ सुचीलाई १५ वर्षको जेल सजाय हुनसक्ने देखिएको छ । सुचीमाथि सेनाले हालसम्मकै गम्भीर आरोप लगाएको बीबीसीले जनाएको छ । हाल सुचीविरुद्ध भ्रष्टाचारको मुद्दा अदालतमा दायर भएको हो । सुचीले ठूलो संख्यामा घुस लिएको आरोप लागेको छ । ६ लाख अमेरिकी डलर घुस लिएको भन्ने आरोप पुष्टि भएका उनलाई १५ वर्षको जेल हुनेछ ।

यसअघि उनीमाथि कयौं आरोप लागिसकेको छ । ती मुद्दामा पनि दोषी भए उनलाई जेल हुनसक्ने बताइएको छ । यसअघि उनीमाथि अवैध रुपमा वाकी–टकी फोन खरिद गरेको, देशमा अशान्ति फैल्याएको र कोरोनाको नियम तोडेको आरोप लागेका थिए ।

गत फेब्रुअरी १ यता म्यान्मारमा सैन्य शासन लागू भएको छ । त्यसयता उनी नजरबन्दमा छिन् । सुचीको पार्टी एनएलडीले चुनावमा धाँधली गरेर बहुमत ल्याएको भन्दै सेनाले सत्ता हत्याएका थिए । सैन्य कूविरुद्धको प्रदर्शनमा हालसम्म ८५० सर्वसाधारणको मृत्यु भइसकेको छ । सेना तथा प्रहरीले प्रदर्शनकारीमाथि बन्दुक चलाउने गरेका छन् । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्