म्यानचेस्टर युनाइटेडसँग एस्टाना पराजित


एजेन्सी लन्डन, असोज ३ । १७ वर्षिय म्यासन ग्रीनवूडको गोलमा म्यानचेस्टर युनाइटेडले युरोपा लिगको आफ्नो पहिलो खेलमा जित दर्ता गरेको छ।

बिहिबार राती भएको खेलमा म्यानचेस्टर युनाइटेडले एस्टानालाई १-० ले पराजित गर्दै लिगमा विजयी सुरूवात गरेको हो। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा म्यासनले टोलीका लागि एकमात्र विजयी गोल खेलको ७३ औं मिनेटमा गरेका थिए।

उनले युनाइटेडका लागि सिनियरमा गोल गरेको पहिलो अवसर हो।

प्रतिक्रिया दिनुहोस्