हप्तामा ३ दिन बैङ्कहरू खोल्ने बेलबारी नगरपालिकाको निर्णय


बेलबारी, १ असार । बेलबारी नगरपालिकामा बैङ्कहरू अब हप्तामा ३ दिन खुल्ने भएका छन् । 

बेलबारी नगरपालिकाको जेठ ३१ गते बसेको नगरकार्यपालिकाको बैठकले हप्तामा ३ दिन बैङ्क खोल्ने निर्णय गरेको हो । 

बेलबारी नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र सुवेदीको अध्यक्षतामा बसेको बैठकले खाद्य, इन्धन, खाना पकाउने ग्याँस, तरकारी, फलफूल, खानेपानी, माछा मासु, पुस्तक पसलहरू हप्तामा तीन दिन खुल्ने छ । 

साथै सार्वजनिक निर्माणमा प्रयोग हुने छड, सिमेन्ट, डन्डी, विद्युतीय सामग्री बिक्री गर्ने पसर र अन्य अत्यावश्यक सामाग्री आपूर्ति गर्ने पसल पनि हप्तामा तीन दिन खुल्ला रहने छन् । 

ती व्यवसायहरू बिहान ६ बजे देखी दिनको १० बजे सम्म मात्र सञ्चालन गर्न पाउने नगरपालिकाले निर्णय गरेको छ ।तर यसरी व्यवसाय सञ्चालन गर्दा स्वास्थ्य सुरक्षा मापदण्ड भने अपनाएको हुनु पर्ने छ । 

प्रतिक्रिया दिनुहोस्