सुनको भाउ निरन्तर ओरालो लाग्दो


बेलबारी, ३ असार । पछिल्ला दिनका सुनको भाउ निरन्तर रूपमा ओरालो लागिरहेको देखिन्छ । बुधवार ९३ हजार १ सय रहेको सुनको भाउ बिहीबार १ हजार १ सय घटेर ९२ हजार कायम रहन पुगेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला ९२ हजार रुपैयाँ कायम भएको छ । तेजाबी सुनको भाउ प्रति तोला ९१ हजार ५ सय रुपैयाँ कायम भएको छ । 

सुनसँगै चाँदीको भाउ पनि घट्दो क्रममा रहेको देखिन्छ । बुधवार प्रतितोला १ हजार ३ सय ६० रहेकोमा आज २० रुपैयाँले घटेर १ चाँदीको भाउ प्रतितोला १ हजार ३ सय ४० रुपैयाँ पुगेको छ । 

प्रतिक्रिया दिनुहोस्