सुन्दरहरैँचामा सुत्केरी महिलालाई पोषण तथा खाद्य सामग्री वितरण


बेलबारी, ५ असार । सुन्दरहरैँचामा कोरोना सङ्क्रमित गरिब तथा विपन्न सुत्केरी महिलाहरूलाई पोषण तथा खाद्य सामग्री वितरण गरिएको छ । 

अनेम सङ्घ क्रान्तिकारी नगरकमिटी सुन्दरहरैँचाको आयोजनामा तीन महिनादेखि सुरु गरिएको कार्यक्रमबाट अहिलेसम्ममा ७० भन्दा बढी महिलाहरूलाई पोषण तथा खाद्यान्न सामग्री वितरण गरिएको क्रान्तिकारीकी नगर इन्चार्ज सीमा चौधरी बत्ताउँछिन् ।

अनेम सङ्घ क्रान्तिकारी नगरकमिटी सुन्दरहरैँचाकी अध्यक्ष कल्पना घिमिरे कोरोना सङ्क्रणसँग लडिरहेका गरिब तथा विपन्न सुत्केरी महिला दिदी बहिनीहरूलाई सहयोग गर्न पाएकोमा आफूलाई साह्रै खुसी लागेको बताउँदै यो कामले निरन्तरता पाउनेसमेत उनी बत्ताउँछिन् ।  

यो अभियानमा अनेम सङ्घ क्रान्तिकारीका जिल्लास्तरीय नेतृहरू लता न्यौपाने, रचना राई सीता कडरिया लगायतको सहभागिता रहेको छ । 

प्रतिक्रिया दिनुहोस्