बोयर प्रकरणका विषयलाई लिएर दैनिक जसो विरोधका कार्यक्रम


दोषीलाई कारबाहीको माग सहित मेयर,उपमेयर र प्रमुख प्रशासकीय अधिकृतको पुत्ला दहन

बेलबारी, ७ असार । बोयर प्रकरणको विषयलाई लिएर पछिल्लो समय बेलबारीमा दैनिक जसो विरोधका कार्यक्रमहरू भैरहेका छन् ।

केही दिन अघि बाख्रासहित नगरपालिकाको गेटनेर प्रदर्शन गरेका युवाहरूले आइतबार साँझमा बोयर बाख्रा प्रकरणको निष्पक्ष छानबिन र दोषीलाई कडाभन्दा कडा कारबाहीको माग गर्दै बेलबारी २ लालभित्ती चौकमा नाराबाजीसहित विरोध जुलुस निकालिएको थियो । 

युवाहरूको समूहले बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदी,उपमेयर ढाकाकुमारी पराजुली र प्रमुख प्रशासकीय अधिकृत प्रदीप शाहको पुत्ला दहनसमेत गरेका छन् । 

उता यही विषयको छानबिन गर्न अख्तियारमा उजुरी परेर छानबिनको कामसमेत सुरु भैसकेको बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्