सुन्दरहरैँचाबाट लागूऔषध कारोबार गर्ने १ जना पक्राउ


सुन्दरहरैँचा, ७ असार । मोरङको सुन्दरहरैँचामा लागूऔषधसहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सुन्दरहरैँचा– ५ का २६ वर्षीय गोपाल विश्वकर्मा रहेको प्रहरीले जनाएको छ ।


इलाका प्रहरी कार्यालय बेलबारीले दिएको जनकारी अनुसार आइतवार दिउँसो लागूऔषधको कारोबार भइरहेको गोप्य सूूचनाको आधारमा बेलबारीबाट खटिएको प्रहरी टोलीले बिश्वकर्माले बोकेको ब्यागको खानतलासी गर्द निजको ब्यागबाट डाइलेक्स डीसी १०० एमएलको २५ बोतल, नाइट्राभेट–१० ३७५ ट्याब्लेट, नाइट्राभेट १० ६० ट्याब्लेट र स्पास्मो प्रोक्जिभन प्लस १४४ ट्याबलेट बरामद भएको थियो ।


पक्राउ परेका बिश्वकर्माउपर थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्