आज मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना : होशियार रहन आग्रह


काठमाडौं, ९ असार । आज (बुधवार) सामान्यदेखि पूर्ण बदली रही देशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज चार वटा प्रदेशमा भारी वर्षाको सम्भावना रहेको मौसमविद्ले जानकारी दिएका छन् । जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश–१, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना छ ।

आज देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ भने धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिएका छन् । काठमाडौँमा आज अपरान्ह्पछि सामान्य वर्षा हुनेछ । ‘काठमाडौँमा आज अपरान्ह्पछि बदली भएर सामान्य वर्षा हुनेछ । तर, यो केही समयका लागि मात्रै हुनेछ’, मौसमविद् प्रधानाङ्गले भने, ‘काठमाडौँको आजको अधिकतम तापक्रम २९–३१ डिग्री सेल्सियसको बिचमा रहने छ ।’

यस्तै आज राति देशभर सामान्य बदली रहनेछ । देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश–१, गण्डकी प्रदेश र वाग्मती प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको विभागले बताएको छ । भारी वर्षाको सम्भावना रहेका स्थानमा बाढी तथा पहिरो जाने सम्भावना हुने भएकाले सतर्क रहन पनि विभागले भनेको छ । भिरालो बस्ती तथा नदी तटीय क्षेत्रमा विशेष गरी सतर्क हुन विभागले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्