आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान सञ्चालन हुने


काठमाडौँ, ९ असार । कोभिड–१९ महामारी नियन्त्रणका लागि स्थगन गरिएका हवाई उडानहरू नियमित हुने भएका छन् ।

मन्त्रीपरिषद्को सोमबार बसेको बैठकले कोभिड–१९ महामारी नियन्त्रणका लागि स्थगन गरिएका हवाई उडानहरू पुनः सञ्चालन गर्ने निर्णय गरेको हो । तर यसरी सञ्चालन गर्दा केही सर्तहरू भने पूर्ण रूपमा पालना गर्नु पर्ने सरकारले जनाएको छ ।  

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार गन्तव्य र वायुसेवा कम्पनीअनुसार कोटा तोकिएको र ती कोटाअनुसार उडान सञ्चालन हुनुपर्ने छ । साथै सरकारले स्वास्थ्य मापदण्डको पूर्ण पालनाको अर्को सर्त राखेको छ । 

प्रतिक्रिया दिनुहोस्