अख्तियारद्वारा चूडामणि शर्मासहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर


काठमाडौँ, ९ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चूडामणि शर्मासहित तीन जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

बुधवार विशेष अदालतमा अख्तियारले तत्कालीन महानिर्देशक शर्मा र कर फर्छ्योट आयोगका अध्यक्ष लुम्बध्वज महत, सदस्यद्वय उमेशप्रसाद ढकालविरुद्ध मुद्दा दर्ता गरेको हो । उनीहरूबाट १ अर्ब ३३ लाख २० हजार ५८५ रुपैयाँ बराबरको बिगो दाबी गरिएको अख्तियारले जनाएको छ । 

आयोगका प्रवक्ता नारायणप्रसाद रिसाल कानुन विपरीत बदनियत पूर्वक कर छुट दिएको देखिएकोले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ७ बमोजिम मुद्दा दायर गरिएको बताए । 

प्रतिक्रिया दिनुहोस्