रोकिएका सबै परीक्षाहरू साउन ५ गतेदेखि गर्ने त्रिविको निर्णय


काठमाडौँ, १० असार । त्रिभुवन विश्वविद्यालयले रोकिएका सबै परीक्षाहरू साउन ५ गतेदेखि सुरु गर्ने निर्णय गरेको छ । बुधवार बसेको परीक्षा बोर्ड बैठकले रोकिएका सबै परीक्षाहरू साउन ५ गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको हो । 

परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार स्नातक दोस्रो वर्षको परीक्षा साउन ५ गते सुरु भई साउन ९ गतेसम्म सम्पन्न गर्ने बोर्डले तय गरेको उनले बताए । साथै परीक्षा नियन्त्रक जोशीले स्नातक प्रथम वर्षका परीक्षाहरू साउन १० गतेदेखि २८ गतेसम्म सञ्चालन गरी सबै विषयको परीक्षा सम्पन्न गर्ने निर्णय भएको बताएका छन् । 

प्रतिक्रिया दिनुहोस्