बेलबारीले नगर कोभिड अस्पताल सञ्चालनमा ल्याउने


बेलबारी, १० असार । बेलबारी नगरपालिकाले कोरोना सङ्क्रमण भएका नगरवासीको उपचारका लागि नगर कोभिड अस्पताल सञ्चालनमा ल्याउने भएको छ ।

नगरपालिकाले आठौँ नगरसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उपप्रमुख ढाकाकुमारी पराजुलीले उक्त कुरा बताएकी हुन् । साथै नगरपालिकाले सर्पदंश उपचार केन्द्र र दन्त उपचार कार्यक्रम सञ्चालनमा ल्याउने नीति अघि सारेको छ ।

प्रतिक्रिया दिनुहोस्