सन्ताेशी सुब्बा हत्या प्रकरण : बलात्कार गरी हत्या गरेको अभियोगमा सिन्धुपाल्चोकका युवक पक्राउ


काठमाडौँ, १० असार । सन्तोषी सुब्बाको हत्या अभियोगमा प्रहरीले सिन्धुप्लानचाेकका एक जना युवकलाई पक्राउ गरेको छ । प्रहरीले सन्तोषीको हत्या अभियोगमा काठमाडौँ बौद्धबाट सिन्धुपाल्चोक घर भएका अन्दाजी २१ वर्षीय सुरेश तिम्सिनालाई पक्राउ गरेको हो ।

हत्याको अभियोगमा पक्राउ परेका तिम्सिनाले बलात्कार प्रयास गरेको र सुब्बाले प्रतिकार गरेपछि हत्या गरेको पाइएको प्रहरीले जनाएको छ । सुब्बाको शव मङ्गलवार बिहानै दक्षिणकाली मन्दिर परिसरमा फेला परेको थियाे । च्याउ टिप्न गएका महिलाले लास देखेर प्रहरीलाई खबर गरेका थिए ।

सन्तोषी विभिन्न पशुपक्षीको आवाज नक्कल गरेर युट्युबमा ‘भाइरल’ बनेकी थिइन ।

प्रतिक्रिया दिनुहोस्