आज नेपाल भुटान भिड्दै : यु–१८ साफ च्याम्पियनसिप फुटबल


काठमाडौँ, ५ असोज । हलचोकस्थित एपीएफको खेल मैदानमा यु–१८ साफ च्याम्पियनसिप फुटबलमा आज नेपालले आफ्नो समूह चरणको अन्तिम खेल भुटानसँग हुने छ ।

आज दिउँसो तीन बजे सुरु हुने खेलमा भुटानलाई पराजित गर्न सके नेपाल सेमिफाइनलमा पुग्ने छ ।

समूह ‘ए’ मा रहेको नेपालले मालदिभ्ससँग उद्घाटन खेलमा १–१ गोलको बराबरी खेल्दै अङ्क बाँडेको थियो । तर भुटान विरुद्ध भने नेपाल स्पष्ट जितको खोजीमा हुनेछ ।
यसअघि सन् २०१५ र २०१७ मा भएको यु–१८ साफ च्याम्पियनसिपको उपाधि नेपालले जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्